images

२०८३ आश्विन २ गते

images
images
images

२४ घण्टामा देशभर १७ आगलागीका घटना

२४ घण्टामा देशभर १७ आगलागीका घटना

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • काठमाडौँ । २४ घण्टामा देशभर १७ आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार १४ जिल्लाका विभिन्न स्थानमा आगलागीका घटना भएका हुन् । यसरी आगलागी हुने जिल्लामध्ये सिरहामा ३ वटा, भोजपुरमा २ वटा तथा पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर, कास्की, कपिलवस्तु, गुल्मी र बाँकेमा एक/एक घटना रहेका छन् । 

    images
    images

    यही अवधिमा एउटा सर्पदंश, एउटा जंगली जनावरको आक्रमण र एउटा लेक लाग्ने घटना भएका छन् । यी सबै घटनामा गरी यो अवधिमा २ जनाको मृत्यु र ५ जना घाइते भएको प्राधिकरणले जनाएको छ । सिरहाको लहान–१९ मा ५१ वर्षीय एक महिलाले ग्यास बालेर आगो ताप्ने क्रममा साडीमा आगो सल्किएर शरीरको विभिन्न भाग जलेर घाइते भएकोमा उपचारको लागि कीर्तिपुरको वर्न अस्पतालमा लगिएकोमा मृत्यु भएको थियो । 

    त्यस्तै, महोत्तरीको गौशाला–११ मा एक वालिकालाई घरको आँगनमा खेल्ने क्रममा सर्पले टोकेकोमा नवलपुर अस्पताल वर्दिवासमा उपचारको क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend