images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • पहिलो त्रैमासमा १९६ उद्योग दर्ता, सवा...

पहिलो त्रैमासमा १९६ उद्योग दर्ता, सवा ७० अर्ब लगानी प्रतिबद्धता

पहिलो त्रैमासमा १९६ उद्योग दर्ता, सवा ७० अर्ब लगानी प्रतिबद्धता

images
images
बिहिवार, मंसिर १८ २०८२
बिहिवार, मंसिर १८ २०८२
  • १८ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा उद्योग विभागमा १ सय ९६ उद्योग दर्ता भएका छन् ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यस्ता उद्योगमा ७० अर्ब २२ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता गरिएको छ । साथै, ती उद्योगले १२ हजार १ सय ६२ रोजगारी प्रस्ताव गरेका छन् ।विभागका अनुसार दर्ता उद्योगमध्ये ठूला र मझौला उद्योग संख्या १६/१६ छ । साना उद्योग संख्या १ सय ६४ छ ।यो अवधिमा प्रत्यक्ष वैदेशिक लगानीका ३ सय १२ आयोजना/उद्योग स्वीकृत भएका छन् । तीमध्ये स्वचालित मार्गबाट १ यस ९८ उद्योगको लगानी स्वीकृत भएको छ ।

    images
    images

    पहिलो त्रैमासमा ३५ अर्ब १६ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको छ । यी उद्योगमा १५ हजार ७ सय ५१ रोजगारी सिर्जना हुने अनुमान छ ।चालु आव पहिलो त्रैमासमा उद्योग विभागमा ४३ ट्रेडमार्क सम्बन्धी मुद्दाको कारबाही टुंगो लगाइएको छ । भारतमा रियायती निर्यातका लागि सर्टिफिकेट अफ ओरिजिन सिफारिस १९ छ । यो अवधिमा २४ उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण गरिएको छ ।मन्त्रालयले यस अवधिमा नीतिगत सुधार र कार्यविधिगत सरलीकरणमा काम गरेको जनाएको छ । जसबाट औद्योगिक लगानी सम्बन्धी वातावरण सुधार, व्यापार सहजीकरण तथा सेवा प्रवाहमा सुधार अपेक्षा गरिएको छ ।

    यसबीच उद्योग, लगानी तथा व्यापार प्रवर्द्धनमा सकारात्मक वातावरण तयार गर्ने गरी चालु आवको बजेट कार्यान्वयनका काम थालिएको समेत मन्त्रालयले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend