images

२०८३ आश्विन २ गते

images
images
images

अलास्का–युकोन सिमानामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का–युकोन सिमानामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

images
images
आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • काठमाडौँ । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको सिमानामा रहेको दुर्गम र अत्यन्त कम जनसङ्ख्या भएको पहाडी भूभागमा शनिबार साँझ ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको भूवैज्ञानिकहरूले बताएका छन् ।युएस जियोलोजिकल सर्भेका अनुसार २०ः४१ जिएमटीमा गएको उक्त प्रमुख कम्पनपछिको तीन घन्टाभित्र ५.१ देखि ३.३ म्याग्निच्युडका झण्डै ३० वटा परकम्प महसुस गरिएको थियो ।

    images
    images

    भूकम्पको केन्द्र क्यानाडाको युकोन प्रदेशको राजधानी ह्वाइटहर्सबाट करिब १५५ माइल (२४८ किलोमिटर) पश्चिमतर्फ तथा अलास्काको राजधानी जुनोबाट लगभग २३० माइल उत्तर–पश्चिमतर्फ रहेको जनाइएको छ ।केन्द्र नजिकै पर्ने अलास्काको याकुटाट क्षेत्रमा रहेका प्रहरी प्रमुख थियो केप्सका अनुसार भूकम्प असाधारण रूपमा लामो समय—झण्डै १५ देखि २० सेकेन्ड—सम्म चलेको भए पनि अहिलेसम्म कुनै मानवीय क्षति वा भौतिक नोक्सानीको खबर प्राप्त भएको छैन । उनले यसलाई ‘साँच्चै आश्चर्यजनक’ मानिएको बताए । यसैबीच, अमेरिकी सुनामी चेतावनी प्रणालीले समुद्री सतहमा विशेष परिवर्तन नदेखिएकाले कुनै पनि प्रकारको सुनामी जोखिम नरहेको स्पष्ट गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend