काठमाडौँ, २२ मंसिर। देशको मौसममा पश्चिमी वायूको आंशिक प्रभाव रही केही प्रदेशका उच्च हिमाली भूभागमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले ।
आज बिहान कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
दिउँसो थप बदली हुने सम्भावना
दिउँसो भने गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ।
यस अवधिमा गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च भूभागमा हल्का वर्षारहिमपात, साथै कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रहरूमा हल्का हिमपात को सम्भावना रहेको छ।
मौसमविद्हरूका अनुसार पश्चिमी वायूको क्रमिक प्रभावका कारण केही दिन पहाडी तथा हिमाली भूभागमा चिसो बढ्ने अनुमान गरिएको छ।




.gif)





