images

२०८३ आश्विन २ गते

images
images
images
  • पूर्वाधार
  • नागढुङ्गा–नौबिसे खण्ड हाल स्तरोन्नतिको अन्तिम चरणमा,दैनिक...

नागढुङ्गा–नौबिसे खण्ड हाल स्तरोन्नतिको अन्तिम चरणमा,दैनिक पाँच घण्टा सडक बन्द

नागढुङ्गा–नौबिसे खण्ड हाल स्तरोन्नतिको अन्तिम चरणमा,दैनिक पाँच घण्टा सडक बन्द

images
images
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • काठमाडौँ, २२ मंसिर । नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्डमा निर्माण कार्यले अपेक्षित गति नलिएको भन्दै सरकार आगामी मंसिर २४ गतेदेखि पुस १ गतेसम्म सडक आंशिक रूपमा बन्द गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पहलमा सरोकारवालासँग भएको छलफल पछि दैनिक पाँच घण्टा सडक बन्द गरेर निर्माण कार्यलाई तीव्रता दिने निर्णय गरिएको हो।

    images
    images

    काठमाडौँ र धादिङ जिल्लाका प्रशासन कार्यालयहरूद्वारा जारी संयुक्त सूचना अनुसार नागढुङ्गा देखि पिप्लामोड र धादिङको पोखरेभिर क्षेत्रमा बिहान १०ः३० देखि अपराह्न ३ः३० बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने छ। उक्त समयमा सवारी आवतजावत रोकिँदा सडक कालोपत्र तथा विस्तारका लागि ठूलो र गह्रौँ उपकरण परिचालन गर्न सहज हुने सरकारले जनाएको छ।

    त्रिभुवन राजपथअन्तर्गतको नागढुङ्गा–नौबिसे खण्ड हाल स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ। विशेष गरी नागढुङ्गा–पिप्लामोड भाग साँघुरो भएकाले एकैपटक भारी मेसिनरी सञ्चालन गर्नुपर्ने भएकाले मार्ग बन्द अपरिहार्य रहेको आयोजनाले उल्लेख गरेको छ। त्यस्तै, धादिङको गल्छी–गजुरी सडक पनि जोखिमपूर्ण भएकाले पोखरेभिर क्षेत्र चौडा गर्नुपर्ने बताइएको छ।

    images
    images

    सूचना अनुसार काठमाडौँबाट नौबिसे तर्फ जाने सवारी साधन मंसिर २४ देखि पुस १ सम्म नागढुङ्गा चेकपोस्टमै रोकिनेछन्। मुग्लिनतर्फबाट काठमाडौँ जाने सवारी भने खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी, बैरेनी र मासटार क्षेत्रमा रोकिनेछन्।

    अत्यावश्यक सेवाका एम्बुलेन्स, सुरक्षा निकायका सवारी, दमकल तथा शववाहनलाई ट्राफिक प्रहरीले सहजीकरण गर्नेछ। आवश्यक परे साना तथा मझौला सवारीले सीतापाईला–भीमढुङ्गा, रामकोट–धार्के तथा सामाखुसी–टोखा–छहरे मार्ग वैकल्पिक रूपमा प्रयोग गर्न सक्नेछ।

    रोकिएका सबै सवारीसाधन अपराह्न ३ः३० बजेपछि मात्र सञ्चालनमा आउने सूचनामा उल्लेख गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend