images

२०८३ आश्विन २ गते

images
images
images

गरिमा विकास बैंकले ६.४९ प्रतिशत ब्याजमै आवास कर्जा दिने

गरिमा विकास बैंकले ६.४९ प्रतिशत ब्याजमै आवास कर्जा दिने

images
images
मंगलवार, मंसिर २३ २०८२
मंगलवार, मंसिर २३ २०८२
  • २३ मंसिर, काठमाडौं । गरिमा विकास बैंकले ६.४९ प्रतिशत ब्याजदरको आवास कर्जा योजना ल्याएको छ । हरेक नेपालीको आफ्नै घरको सपना साकार गर्न आकर्षक ६.४९ प्रतिशत ब्याजदरमै कर्जा दिनेगरी योजना ल्याइएको बैंकले जनाएको छ ।यस योजना अन्तर्गत विकास बैंकले अधिकतम ३० वर्षसम्मका लागि सरल र झन्झट रहित तवरबाट सजिलो आवास कर्जा उपलब्ध गराउने छ । गरिमा विकास बैंकको सबै शाखा कार्यालयमा उपलब्ध यस योजनामा ग्राहकले धितो मूल्याङ्कनको अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्नसक्नेछन् ।

    images
    images

    ‘अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकहरुले सहज रुपमा कर्जा सार्न समेत सक्नेछन्’ बैंकले भनेको छ ‘ग्राहकलाई छिटो, छरितो एवंम् सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात पेश गरेको ३ कार्य दिन भित्र स्वीकृत हुनेछ ।’

    नयाँ घर खरिद गर्न, नयाँ घर निर्माण गर्न तथा पुरानो घर मर्मत तथा पुनर्निर्माण गर्नका लागि यस योजना अन्तर्गतको आवास कर्जा उपभोग गर्न सकिनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend