images

२०८३ आश्विन २ गते

images
images
images

दार्चुलाको कालापानी क्षेत्रमा ४.३ रेक्टरस्केलको भूकम्प

दार्चुलाको कालापानी क्षेत्रमा ४.३ रेक्टरस्केलको भूकम्प

images
images
बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  • दार्चुला, २४ मंसिर । दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

    images
    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ९ः२४ बजे गएको उक्त भूकम्पको तीव्रता ४.३ रेक्टरस्केल मापन गरिएको छ। भूकम्पको कम्पन दार्चुला आसपासका बस्तीमा समेत महसुस गरिएको बताइएको छ।

    अहिलेसम्म कुनै उल्लेख्य भौतिक वा मानवीय क्षतिको विवरण नआएको केन्द्रले जनाएको छ।

    images
    images

    यसअघि हिजो साँझ बाजुरा जिल्लाको मार्तडी आसपास केन्द्रविन्दु भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्ला दिनहरूमा नेपालको पश्चिमी क्षेत्रमा स(साना भूकम्प जाने क्रम निरन्तर जारी छ, जसले स्थानीयवासीमध्ये भय तथा सतर्कता वृद्धि भएको छ।

    अधिक जानकारीका लागि राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पसम्बन्धी अपडेटहरू अनुसरण गर्न नागरिकलाई अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend