images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७...

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाखको क्षति

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाखको क्षति

images
images
शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • दाङ। यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण रु ६७ लाख मूल्य बराबरकोे क्षति भएको छ ।आज बिहान भएको आगालागीका कारण एउटा ट्रस्ट भवनसहित ठूलासाना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट हुँदा रु ६७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

    images
    images

    आगलागीका कारण फोहर व्यवस्थापनका लागि बनाइएको घरसमेत जलेको छ । यसअघि राप्ती गाउँपालिकाले यहाँ फोहर व्यवस्थापन गर्दै आएको थियो ।यहाँ गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजरको सहयोगमा करिब दुई घण्टामा आगो निभाइएको थियो । आगलागीको कारण पहिचान हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend