images

२०८३ आश्विन २ गते

images
images
images

बृहत्त स्वास्थ्य शिविर : सेवा लिने पुरुषको सङ्ख्या न्यून

बृहत्त स्वास्थ्य शिविर : सेवा लिने पुरुषको सङ्ख्या न्यून

images
images
सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • कैलाली । कैलालीमा परिवार व्यवस्थापन सेवा अन्तर्गत सञ्चालित बृहत्त स्वास्थ्य शिविरमा दुई सय ११ जनाले स्थायी बन्ध्याकरणको सेवा लिएका छन् । सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा चालु आवमा स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको परिवार व्यवस्थापनको स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको थियो ।जिल्लाका विभिन्न १० स्थानमा सञ्चालन गरिएको घुम्ती शिविरमा सन्तानको रहर पूरा भएका एक सय ९३ महिला र १८ जना पुरुषले स्थायी बन्ध्याकरण सेवा लिएका स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईँले जानकारी दिए । 

    images
    images

    परिवार व्यवस्थापनको स्थायी बन्ध्याकरण मिनील्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन् । शिविरमा स्थायी बन्ध्याकरण सेवा लिने महिलाको तुलनामा पुरुषको सङ्ख्या भने न्यून रहेको उनले बताए ।कार्यालयले यही मङ्सिर ८ देखि २६ गतेसम्म जिल्लाका विभिन्न १० स्थानमा स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको उनको भनाइ छ । स्थायी बन्ध्याकरणपछि पुरुषलाई काम गर्न अप्ठ्यारो हुन्छ भन्ने भ्रमलगायत कारणले स्थायी बन्ध्याकरणमा पुरुषको सहभागिता कम हुने गरेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवरले बताए । गत आव २०८१/८२ मा स्वास्थ्य कार्यालयले सञ्चालन गरेको स्थायी बन्ध्याकरण शिविरमा दुई सय ४२ जनाले सेवा लिएको जनाइएको छ । यसमध्ये महिला दुई सय २० र पुरुष २२ जना रहेको थिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिवार व्यवस्थापन सेवा अन्तर्गत विशेष गरेर बृहत्त स्वास्थ्य शिविर सञ्चालनमा सेवा प्रदायकसस्थाहरुसंग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक नीति लिएको छ । यसबाट परिवार व्यवस्थापन सेवा थप प्रभावकारी भएको जनाइएको छ । मन्त्रालयले परिवार व्यवस्थापनको घरदैलो सेवा समेत उपलब्ध गराउँदै आएको छ ।जिल्ला जनस्वास्थ्य /स्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्र मार्फत् आवश्यक सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमै बन्ध्याकरण शिविर आयोजना गर्ने समझदारीको ढाँचामा सेवा प्रदान गर्न थालिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend