images

२०८३ आश्विन २ गते

images
images
images

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

images
images
बिहिवार, पौष ३ २०८२
बिहिवार, पौष ३ २०८२
  • काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना भएका चिकित्सकलाई मास्टर लेभल सरहको निर्वाह भत्ता उपलब्ध गराइने भएको छ ।प्रतिष्ठानका अनुसार २०८२-०१-०२ गते उपकुलपतिको अध्यक्षतामा बसेको बैठकले न्याम्सअन्तर्गतका आबद्ध आङ्गिक अस्पतालका सरोकारवालाको उपस्थितिमा यस्तो निर्णय गरेको न्याम्सका सहायक डीन (परीक्षा) प्रा.डा. विकास विक्रम सिंह अधिकारी द्वारा जारी गरिएको सूचनामा भनिएको छ । 

    images
    images

    उक्त निर्णयअनुसार चिकित्सा शिक्षा आयोगको गाइडलाइन बमोजिम फेलोसिप कार्यक्रममा अध्ययनरत चिकित्सकले मास्टर तह बराबरको निर्वाह भत्ता पाउनेछन् । यस निर्णयले फेलोसिप अध्ययन गरिरहेका चिकित्सकको आर्थिक भार कम हुनुका साथै अध्ययन र सेवामा थप उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ । न्याम्स अन्तर्गत वीर अस्पतालसहितका आङ्गिक अस्पतालमा कार्यरत फेलोसिप चिकित्सकहरू लामो समयदेखि निर्वाह भत्ताको माग गर्दै आएका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend