images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • भारतको आसाममा भएको झडपमा दुई जनाको...

भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते

भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते

images
images
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • काठमाडाैँ । भारतको उत्तरपूर्वी राज्य आसाममा दुई आदिवासी समूहबिच भएको झडपमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ४० भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ । प्रहरीका अनुसार घाइतेहरूमा केही प्रहरीहरू पनि रहेका छन् ।आसामको कार्बी आङ्लोङ जिल्लामा दुई लडाकु आदिवासी समूहबिच झडप भएको बताइएको छ । एउटा आदिवासी समूहले अर्को समूहका मानिसहरू बाहिरी भएको आरोप लगाए र उनीहरूलाई क्षेत्रबाट निष्कासन गर्न माग गरे ।

    images
    images

    हिन्दुस्तान टाइम्सको एक अनलाइन रिपोर्ट अनुसार प्रदर्शनकारीहरूको एउटा समूहले व्यावसायिक चरा आरक्ष र गाउँ चरा आरक्ष भूमिबाट कथित 'अवैध बसोबास गर्नेहरू' लाई निष्कासन गर्न माग गर्दै विगत दुई हप्तादेखि भोक हडताल गरेको थियो ।भिडले कार्बी आङ्लोङ स्वायत्त परिषद्का प्रमुख कार्यकारी सदस्य तुलिराम रोङ्हाङको घर जलाए, जसले गर्दा खेरोनी र डोङ्कामोकमसहित धेरै क्षेत्रमा अशान्ति फैलिएको जनाइएको छ ।पछिल्ला केही दिनदेखि हिंसात्मक घटनाहरूको श्रृङ्खलामा, विद्रोहि समूहका व्यक्तिहरूले कार्बी आङ्लोङमा विपक्षी समूहका मानिसहरूका धेरै पसलहरू जलाएको जनाइउको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend