images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आज देशभर सार्वजनिक बिदा, बैंक, बीमा...

आज देशभर सार्वजनिक बिदा, बैंक, बीमा कम्पनी र सेयर बजार बन्द हुने

आज देशभर सार्वजनिक बिदा, बैंक, बीमा कम्पनी र सेयर बजार बन्द हुने

images
images
बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • काठमाडौं।  क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको २०२५ औं जन्मोत्सवको अवसरमा आज नेपालसहित विश्वभर क्रिसमस डे मनाइँदैछ। यस अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।आजभन्दा २०२५ वर्षअघि इजरायलको वेथलेहेममा जन्मिएका येशु ख्रीष्टको सम्झनामा क्रिश्चियन धर्मावलम्बीहरूले यस दिनलाई प्रेम, शान्ति र मुक्तिको उत्सवका रूपमा मनाउने गर्छन्। 

    images
    images

    नेपाल ख्रिष्टियन महासंघका अनुसार आजको दिनलाई मुक्ति दिवस, प्रेम दिवस र शान्ति दिवस गरी तीनवटा स्वरूपमा मनाउने परम्परा छ।सरकारले बिदा दिएका कारण आज सरकारी कार्यालयहरुको साथै बैंक, बीमा कम्पनी र सेयर बजार बन्द रहने छन् । सेयर बजार अब आइतबार मात्र खुला हुनेछ ।आज आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आरटीजीएस सञ्चालन रहने जानकारी दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend