images

२०८३ आश्विन २ गते

images
images
images

छिन्नमस्तामा आगलागीबाट दुई लाखभन्दा बढीको क्षति

छिन्नमस्तामा आगलागीबाट दुई लाखभन्दा बढीको क्षति

images
images
शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • कल्याणपुर (सप्तरी), पुस ११ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आगलागीबाट दुई लाखभन्दा बढीको क्षति भएको छ ।गाउँपालिकाको वडा नम्बर ३ गोविन्दपुरस्थित मुस्लिम टोलमा बिहीबार राति आगलागी हुँदा दुई लाख ६५ हजार रुपियाँ बराबरको धनमाल क्षति भएको हो ।स्थानीय मो. रहमद मियाँको टिनको छानो र वरिपरि बाँसको टाटीले घेरिएको एकतले घरमा बिहीबार राति १०ः३० बजे विद्युत् सर्ट भई अचानक आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

    images
    images

    आगलागीबाट धान २५ मन र चामल १० मन, लत्ताकपडा, भाँडा तथा सोफा सेटलगायत घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उहाँले बताउनुभयो ।नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend