images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीन जनाविरुद्धको...

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीन जनाविरुद्धको रिटमा आज निर्णय सुनाइँदै

जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीन जनाविरुद्धको रिटमा आज निर्णय सुनाइँदै

images
images
शुक्रवार, पौष ११ २०८२
शुक्रवार, पौष ११ २०८२
  • काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा आज सर्वोच्चले निर्णय सुनाउने (निसु) भएको छ ।यो रिटमा न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज निर्णय सुनाउने भएको हो । यसअघि हरिप्रसाद फुयाँल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।

    images
    images

    साथै संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धमा पेस भएको देखिँदा प्रस्तुत विषयको अन्तरवस्तु हेर्दा अन्तरिम आदेश माग गरेको विषय पूर्ण सुनुवाइबाट निरूपण गर्नुपर्ने प्रकृतिको देखिएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन भन्ने आदेश जारी गरेको थियो ।अधिवक्ता विपिन ढकालले आयोगका दुई पदाधिकारीहरू पूर्वाग्रही र विषयवस्तुबारे तटस्थ नभएको अवस्थामा भण्डारीले समेत त्यसमाथि प्रश्न उठाउन नसकेको आरोप लगाउँदै रिट दिएका थिए । पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्षको रूपमा नियुक्त गरी न्याय प्रणालीले अवलम्बन गरेको प्राकृतिक न्यायको सिद्धान्त उल्लङ्घन भएको सर्वोच्चमा दायर रिटमा उल्लेख छ ।अध्यक्ष कार्कीले आफैँले छानबिन गर्नुपर्ने विषयका सम्बन्धमा आफ्ना समाचार सेयर गर्नु र अन्तर्वार्ता दिनुले समेत स्वच्छ सुनुवाइको सिद्धान्तको उल्लङ्घन भएको पनि रिटमा उल्लेख गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend