images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने...

यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
आइतवार, पौष १३ २०८२
आइतवार, पौष १३ २०८२
  • काठमाडौं ।  आज पुस १३ गते तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । लाभांश र साधारणसभा प्रयोजनार्थ यी कम्पनीहरुले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको गरेका छन् । यसर्थ आज पुस ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

    images
    images

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ र नवौँ वार्षिक साधारणसभा पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान साढे १० बजेबाट सुरु हुनेछ।सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २०.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) छन्।त्यस्तै, नेपाल इन्स्योरेन्सले आफ्नो ७७ औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्राकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लाबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ६.३१५८ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। जसअनुसार हालको चुक्तापुँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ५ रुपैयाँको कुल १६ करोड ९ लाख ६२ हजार ६३१.८७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।यता, शिखर इन्स्योरेन्सले आफ्नो २१ औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको थापाथलीस्थित शिखर बिज सेन्टरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ६.३१५८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend