गरिमा विकास बैंक लिमिटेडले ६० हजार कित्ता संस्थापक सेयरबिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ६० हजार ७३९.७२ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै सूचना प्रकाशित भएको ३५ दिनभित्र अर्थात माघ २१ गतेभित्र आवश्यक कागजातसहित काठमाडौँको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिसम्ममा उक्त सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर खरिद प्रक्रिया अघि बढाइने छ ।




.gif)



