images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा १९...

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा १९ वटा सामाजिक उत्तरदायित्व कार्यक्रम घोषणा

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा १९ वटा सामाजिक उत्तरदायित्व कार्यक्रम घोषणा

images
images
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ ।नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, मानवीय सहयोग तथा आयआर्जन अभिवृद्धिलाई प्राथमिकतामा राख्दै दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।बैंकले सातै प्रदेशमा ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल’ अन्तर्गत १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । शिविरमा स्त्रीरोग विशेषज्ञमार्फत स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण गरिनेछ । प्रारम्भिक अवस्थामा पहिचान भएका तथा गम्भीर बिरामी महिलाको दोस्रो चरणमा शल्यक्रिया उपचार पनि गरिने बैंकले जनाएको छ । नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा पाँच वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट हालसम्म १० हजारभन्दा बढी महिला लाभान्वित भइसकेका छन् ।

    images
    images

    यसैगरी, बैंकले सात प्रदेशका सात स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गर्नेछ । साथै, सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार ५ सय गरिब तथा न्यून आय भएका विद्यार्थीको आँखा जाँच गरी निःशुल्क चश्मा वितरण गरिनेछ ।स्वास्थ्य सेवाअन्तर्गत सातै प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ भने जटिल तथा दीर्घ रोगका बिरामीको उपचारका लागि स्थानीय निकाय तथा स्वास्थ्य संस्थाको सिफारिसमा आर्थिक सहयोग प्रदान गरिने बैंकले जनाएको छ ।शिक्षा क्षेत्रमा बैंकले कक्षा ६ देखि १२ सम्म अध्ययनरत गरिब तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत विगत पाँच वर्षमा १४० छात्रा लाभान्वित भएका छन् भने यस वर्ष थप ७७ छात्रालाई छात्रवृत्ति उपलब्ध गराइनेछ । दुर्गम विद्यालयमा पुस्तकालय निर्माण, एक हजार विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचार तालिम तथा सामग्री हस्तान्तरण पनि कार्यक्रमअन्तर्गत समावेश गरिएको छ ।

    त्यसैगरी, बैंकले अर्थशास्त्र, व्यवस्थापन तथा कानुन संकायमा उच्च शिक्षा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमफिल तथा पीएचडी शोध तथा अनुसन्धानका लागि वित्तीय सहयोग प्रदान गर्ने जनाएको छ ।वातावरण संरक्षणतर्फ ‘ग्लोबल ग्रिन स्कूल’ कार्यक्रमअन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाइ तथा फोहोर संकलन केन्द्र स्थापना गरिनेछ । स्थानीय तहसँगको सहकार्यमा फोहोर व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिने बैंकले जनाएको छ ।यसका साथै, मुख्य शहरहरूमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ भने आश्रम तथा बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न तथा आवश्यक सामग्री सहयोग प्रदान गरिनेछ । सूचना प्रविधिको विकाससँगै बालबालिकामा देखिएको अटिजमसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि बैंकको योजना छ ।युवा जनशक्ति विकासका लागि दुर्गम क्षेत्रका विद्यालय तथा समुदायलाई लक्षित गरी खेलकुद सामग्री वितरण गरिनेछ भने आयआर्जन क्षमता अभिवृद्धिका लागि ‘उद्यमशाला’ कार्यक्रममार्फत व्यवसायिक तथा सीपमूलक तालिम प्रदान गरिनेछ ।बैंकले आफ्ना ३५२ शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै विद्युतीय ठगी तथा चोरी न्यूनीकरणका लागि सचेतना फैलाउने तथा अधिकतम जनसंख्यालाई बैंकिङ प्रणालीमा समावेश गर्ने लक्ष्य लिएको जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend