images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • सुदूरपश्चिममा पुरुषभन्दा महिलाको सङ्ख्या १२ हजार...

सुदूरपश्चिममा पुरुषभन्दा महिलाको सङ्ख्या १२ हजार बढी

सुदूरपश्चिममा पुरुषभन्दा महिलाको सङ्ख्या १२ हजार बढी

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • चौमाला (कैलाली), पुस २० गते । सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको हो ।निर्वाचन आयोगले अद्यावधिक गरेको मतदातामध्ये महिलाको सङ्ख्या ८ लाख ६४ हजार ४२३ महिला र पुरुषको सङ्ख्या ८ लाख ५२ हजार २१९ रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारीले जानकारी दिनु भयो । त्यस्तै, १८ जना अन्य मतदाता रहेका छन् । पुरुषभन्दा महिलाको सङ्ख्या १२ हजार ४०२ ले बढी रहेको छ । 

    images
    images

    प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशमा १७ लाख १६ हजार छ सय ६० मतदाता कायम भएका छन् । विसं २०७९ सालको निर्वाचनमा १६ लाख ६९ हजार ४११ मतदाता रहेका थिए । हाल प्रदेशमा ४७ हजार २४९ मतदाता थपिएका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कैलालीमा पाँच लाख ५१ हजार ५२, कञ्चनपुरमा तीन लाख १४ हजार ३८५, बैतडीमा एक लाख ५६ हजार ३७२ र दार्चुलामा ९२ हजार ९४८ मतदाता रहेका छन् ।

    यस्तै, डडेलधुरामा ९३ हजार ४०३, बझाङमा एक लाख २६ हजार ९०३, अछाममा एक लाख ६५ हजार ३३७, डोटीमा एक लाख २८ हजार ३९९ र बाजुरामा ८६ हजार ९६१ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।प्रदेशभरि १ हजार १७६ मतदानस्थल र २ हजार १९९ मतदान केन्द्र कायम रहेको जनाइएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend