images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • नेसनल लाइफको सीईओ क्लब सदस्य सम्मान...

नेसनल लाइफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम

नेसनल लाइफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम

images
images
सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौँस्थित वेभ हस्पिटालिटीमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा आयोजना गरिएको हो।

    images
    images

    आर्थिक वर्ष २०८१।८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी बागमती प्रदेशबाट योग्य भएका ५०० भन्दा बढी अभिकर्ता कार्यक्रममा सहभागी थिए। साथै, विभागीय प्रमुखहरू, प्रदेश प्रमुख तथा बागमती प्रदेशअन्तर्गतका शाखा कार्यालय प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सदस्यता प्रदान गर्दै सम्मान गरे। यसै अवसरमा नेसनल रत्न र नेसनल स्टार विजेता अभिकर्ताहरूलाई नेसनल लाइफको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र तथा खादाद्वारा सम्मान गरिएको थियो।

    images
    images

    त्यसैगरी, बागमती प्रदेशबाट आफ्ना कोड तथा सञ्जाल मार्फत प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल उत्कृष्ट अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।

    कम्पनीले यस्ता कार्यक्रमले अभिकर्ताहरूको मनोबल उच्च बनाउने र बीमा व्यवसायको प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend