काठमाडौं । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र यसमा भएको क्षतिको बारेमा अध्ययन गर्न बनेको जाँचबुझ आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग पनि बयान लिने भएको छ ।
यसअघि विभिन्न उच्च पदस्थ अधिकारीहरूसँग बयान लिएको आयोगले बालेनलाई पनि बयानका लागि पत्र पठाएको आयोगका प्रवक्ता विज्ञानराज अधिकारीले जानकारी दिए ।आयोगले आइतबार मात्रै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनकै घरमा गएर बयान लिएको थियो । ओलीभन्दा पहिले आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि बयानका लागि बोलाएको थियो । ओलीपछि महानगरका प्रमुख शाहलाई पनि बयानका लागि बोलाएको हो ।




.gif)





