images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • भेनेजुएली तेल बेचेको पैसा जफत गर्नबाट...

भेनेजुएली तेल बेचेको पैसा जफत गर्नबाट रोक्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

भेनेजुएली तेल बेचेको पैसा जफत गर्नबाट रोक्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

images
images
आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकाले कब्जामा लिएको भेनेजुएली तेल बेचेर हुने आम्दानी जफत गर्नबाट अदालत वा भेनेजुएलाका कर्जादाता कम्पनीहरूलाई रोक्न ट्रम्पले सो आदेशमा हस्ताक्षर गरेको शनिबार ह्वाइट हाउसले बताएको हो । विदेशी सरकारको निक्षेप कोषमा रहने सो आम्दानी भेनेजुएलामा शान्ति, समृद्धि र स्थायित्व सृजना गर्ने काममा प्रयोग गरिनुपर्ने आदेशमा भनिएको छ । अमेरिकी सेनाले राजधानी कारकासमा आक्रमण गरेर भेनेजुएली राष्ट्रपति निकोलस मादुरोलाई समातेको एक हप्ता नबित्दै शुक्रबार यस आदेशमा हस्ताक्षर भएको हो ।

    images
    images

    भेनेजुएलाले तेल क्षेत्रको राष्ट्रियकरण गरेपछि एक्जोन मोबिल, कोनोकोफिलिप्स लगायतका कयौँ कम्पनीहरू त्यहाँ भएको आफ्नो अर्बौ डलरको लगानी, व्यापार व्यवसाय सबै छाडेर बाहिरिन बाध्य भएका थिए । आफ्नो पैसा फिर्ता पाउनुपर्ने दाबी यी कम्पनीहरूको छ । शनिबारको आदेशमा कुनै पनि कम्पनीको नाम उल्लेख गरिएको छैन ।यद्यपि, यो पैसा भेनेजुएलाको सार्वभौम सम्पत्ति भएको र यसलाई निजी दाबी भुक्तानीमा नभएर कूटनीतिक उद्देश्यमा प्रयोग गरिने आदेशमा ट्रम्पले भनेका छन् । भेनेजुएली तेल बेचेको पैसा जफत भएमा भेनेजुएलामा आर्थिक र राजनीतिक स्थायित्व ल्याउने अमेरिकी प्रयास कमजोर हुने भएकोले ट्रम्पले सो अवस्था आउन नदिन खोजेको ह्वाइट हाउसले एउटा फ्याक्ट सिटमा भनेको छ ।भेनेजुएलाको अन्तरिम सरकारले अमेरिकालाई ५ करोड ब्यारेलसम्म तेल उपलब्ध गराउने सहमति गरेको छ । तर यो परिमाणको तेल कति अवधिभित्र उपलब्ध गराउने हो भनेर स्पष्ट बताइएको छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend