images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी...

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

images
images
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • चन्द्रपुर (रौतहट), २८ पुस । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबार देखि जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीका लागि आवेदन लिन सुरु गरेको छ । आइतबार सम्ममा १५२ महिला सहित ९५२ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिनुभएको छ ।

    images
    images

    प्रनाउ बस्यालका अनुसार नेपाल प्रहरीतर्फ तीन हजार ४६६ र सशस्त्र प्रहरी बल नेपाल तर्फ ३८५ निर्वाचन प्रहरी भर्ना हुनेछन् । आवेदन दिएका आवेदकहरुका लागि आगामी माघ ४ गते सम्पर्क मिति तोकिएको छभने माघ ५ गतेदेखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिने जनाइएको छ ।

    छनोट भएका उम्मेदवारहरूको अन्तिम नतिजा माघ १२ गते प्रकाशित गरिने र निर्वाचन प्रहरीले नियुक्ति भएको दिन देखि जम्मा ४० दिनको सेवा सुविधा प्राप्त गर्ने जनाइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend