images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • सानिमा बैंक ‘नेपाल पे’कार्ड नेटवर्कमा आबद्ध,...

सानिमा बैंक ‘नेपाल पे’कार्ड नेटवर्कमा आबद्ध, नेपाल क्लियरिङ हाउससँग सम्झौता

सानिमा बैंक ‘नेपाल पे’कार्ड नेटवर्कमा आबद्ध, नेपाल क्लियरिङ हाउससँग सम्झौता

images
images
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल कार्ड स्विच अन्तर्गत 'नेपाल पे' कार्ड नेटवर्कका लागि द्विपक्षीय सम्झौता भएको छ।यो सम्झौतासँगै सानिमा बैंक नेशनल पेमेन्ट स्विच अन्तर्गतको डोमेस्टिक कार्ड स्किम ‘नेपाल पे’ कार्डको प्रमुख सदस्य बनेको छ।सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज संज्याल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

    images
    images

    बैंकका अनुसार यो सम्झौताले नेपालभित्र हुने कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टलाई थप सहज बनाउनेछ। साथै, यसले देशको आफ्नै केन्द्रिय भुक्तानी पूर्वाधारको रूपमा अन्तरसञ्जालन सुनिश्चित गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ।सानिमा बैंकले हाल देशका सातै प्रदेशमा रहेका १३४ वटा कार्यालय तथा १२७ वटा ए.टि.एम. नेटवर्क मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend