images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • बाँकेमा २ हजार ४९१ निर्वाचन प्रहरी...

बाँकेमा २ हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै

बाँकेमा २ हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै

images
images
मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा २ हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।बाँकेका तीन निर्वाचन क्षेत्रमा खटाउन २ हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले जानकारी दिए।निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति बाँकेले नेपाल प्रहरी र सशस्त्र प्रहरीका नेपालका लागि एकीकृत सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आहृवान गरेर दरखास्त लिइरहेको छ। निर्वाचन प्रहरी पदका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आगामी माघ १ गतेसम्म दरखास्त दिन सक्ने जनाइएको छ।जिल्लामा भर्ना हुन चाहनेले जिल्ला प्रहरी बाँके, इलाका प्रहरी कोहलपुर, इलाकाप्रहरी भगवानपुर, सशस्त्र प्रहरी नम्बर ३० गण हेडक्वाटर बागेश्वरी भवनियापुर र सशस्त्र प्रहरी नम्बर ४२ रिजर्भ गण हेडक्वाटर शम्सेरगन्जमा दरखास्त दिन सकिने जनाइएको छ।

    images
    images

    यस्तै, निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति मितिदेखि ४० दिन वा नेपाल सरकारले तोके बमोजिम रहने छ। सेवा सुविधाअन्तर्गत प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाको दरले ४० दिनका लागि ३४ हजार ७७६ पारिश्रमिक प्रदान गरिन समितिले जनाएको छ। साथै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेट अनुसार खाद्यान्न खर्चसमेत उपलब्ध गराइने सूचनामा उल्लेख छ।बाँकेमा यस पटक ३ लाख ५१ हजार ४३९ जना मतदाता रहेका छन् । १३९ मतदानस्थल र ४०० मतदान केन्द्र रहेको पनि जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend