images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • नागरिक लगानी कोषको ३१औं साधारणसभा, १३...

नागरिक लगानी कोषको ३१औं साधारणसभा, १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

नागरिक लगानी कोषको ३१औं साधारणसभा, १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • नागरिक लगानी कोषको ३१औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ ।सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ । त्यसैगरी आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल भई पारित भएको छ ।योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको हो ।

    images
    images

    सभामा कोष सञ्चालक समितिका अध्यक्ष घिमिरेले कोषको कार्यक्रममा नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका सर्वसाधारणहरूलाई समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवर्द्धन गर्दै लैजाने योजना रहेको बताए । आगामी दिनमा कोषले बचत संकलनको दायरा विस्तार गर्दै जानेमा उनले जोड दिए ।कोषले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजनामा लगानी बढाउने, सहभागीहरूलाई प्रदान गर्दै आएको सहभागी कर्जालाई विस्तार गर्ने, शेयर धितो कर्जा प्रदान गर्ने, जोखिम विश्लेषण गरी उपयुक्त पूर्वाधार सम्बन्धी परियोजनामा लगानी बढाउँदै लैजानेमा उनले जोड दिए ।साधारणसभामा शेयरधनीहरूबाट उठाइएका जिज्ञासाहरूको बारेमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले जवाफ दिए ।उनले कोषको वस्तुस्थिति बारे बताउँदै शेयरधनीहरूबाट उठाइएका जिज्ञासा तथा सुझावहरूलाई आगामी दिनमा पूरा गर्दै लाने प्रतिबद्धता जनाए ।नले कोषले गत वर्षदेखि नागरिक लगानी कोष ऐनले निर्दिष्ट गरेको समयावधि भित्रै साधारणसभा गर्न सफल भएको बताए । अबको युग डिजिटल युग भएकाले कोषले पनि सोही अनुसार कार्य गरिरहेको समेत उनले बताए ।

    कार्यकारी निर्देशक कार्कीले हाल अधिक तरलताको कारण कोषको मौज्दात रकमलाई पूर्ण रूपमा परिचालन गर्न चुनौतीपूर्ण रहेको बताए ।कोषले लगानी विविधीकरणका लागि विभिन्न नीतिगत व्यवस्था गरेको, नागरिक लगानी कोष ऐन संशोधनको प्रक्रियामा लगेको, विभिन्न जलविद्युत आयोजनामा लगानीका लागिकार्य अघि बढाएको एवं उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न आवश्यक गृहकार्य भइरहेको उनले बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend