images

२०८३ आश्विन २ गते

images
images
images

प्रभु बैंकको साधारणसभा सम्पन्न

प्रभु बैंकको साधारणसभा सम्पन्न

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • काठमाडौं । प्रभु बैंकको २४ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभाबाट विभिन्न निर्णय पारित भएको छ ।बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्यालयमा बसेको बैंकको सभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष ०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका विवरण तथा अनुसूची पारित गरेको छ ।

    images
    images

    बैंकको २४औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केटको गत आव २०८१/८२ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मतबाट पारित भएका छन् ।प्रभु बैंकले देशभर ६८ वटा एक्स्टेन्सन काउन्टर कार्यालय, २६९ वटा एटीएम तथा ३१२ वटा शाखा कार्यालयसहित देशभर फैलिएका सञ्जालको माध्यमबाट ३७ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रवाह गर्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend