images

२०८३ आश्विन २ गते

images
images
images

नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित

images
images
बिहिवार, माघ १ २०८२
बिहिवार, माघ १ २०८२
  • काठमाडौँ, १ माघः नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिनुभयो ।
     
    “सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु”, निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले भन्नुभयो । सभापतिमा निर्वाचित भएपछि थापाले अहिले विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा उपस्थित नेता, कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरिरनुभएको छ ।
     

    images
    images

    यसपछि बाँकी निर्वाचनको परिणाम घोषणा गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend