ग्लोबल आइएमई बैंकद्वारा स्थानीय लघु, साना तथा मझौला उद्योग को प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार, माघ २, २०८२ मा ५०औं ग्लोबल हाट बजार आयोजना गर्दैछ।सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताले साप्ताहिक कार्यक्रमलाई स्थानीय उद्योगहरूका लागि आफ्ना रैथाने दिगो उत्पादनहरू प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम बनाएको बैंकले जनाएको छ ।
बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको हो ।उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले हाट बजार सञ्चालनमा लयाएको जनाएको छ ।
हाट बजारले अर्ग्यानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गर्ने बैंकले विश्वास लिएको छ ।




.gif)





