काठमाडौँ, २ माघ । निर्वाचन आयोग नेपालले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ। आयोगको आज बसेको बैठकले हालै सम्पन्न विशेष महाधिवेशन कानुन र पार्टी विधानअनुसार भएको ठहर गर्दै सो महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।

विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विधि र प्रक्रियाका आधारमा निर्वाचन आयोगले आफूहरूको पक्षमा निर्णय गरेको बताए।
यस निर्णयसँगै नेपाली कांग्रेसको आधिकारिक चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डासहित गगनकुमार थापा पार्टीको सभापति बनेका छन।
आयोगले पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्न पाउने व्यवस्था रहेको, महाधिवेशन प्रतिनिधि नै पार्टीको सर्वोच्च निकाय भएको तथा विशेष महाधिवेशन माग गर्ने विषयमा कुनै विमति नदेखिएको आधारमा थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको जनाएको छ।




.gif)





