काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज मध्यान्ह १२ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा 'पर्यटन विधेयक, २०८१' माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।
पर्यटन क्षेत्रलाई समयसापेक्ष बनाउन र यससम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न सरकारले यो विधेयक ल्याएको हो। पछिल्ला बैठकहरूमा यस विधेयकमाथि सरोकारवाला निकायहरू होटल एसोसिएसन नेपाल, नाटा, टान र पर्वतारोहण संघसँग छलफल भइसकेको छ।




.gif)



