images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी...

यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने

यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने

images
images
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धान उत्पादनमा गत वर्षको तुलनामा दुई लाख ५० हजार ३५० मेट्रिकटनले कमी हुने प्रक्षेपण गरेको छ।देशभर धान बाली लगाइएको क्षेत्रफल र उत्पादकत्व दुवै घटेका कारण यस वर्ष कुल ५७ लाख पाँच हजार १२६ मेट्रिकटन मात्र धान उत्पादन हुने देखिएको छ। गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन उत्पादन भएकोमा यस पटक ४.२० प्रतिशतले ह्रास आएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिएका छन्।

    images
    images

    मन्त्रालयको तथ्याङ्क अनुसार धान बाली भित्र्याइएको क्षेत्रफलमा पनि उल्लेख्य गिरावट आएको छ। आर्थिक वर्ष २०८१/८२ मा १४ लाख २० हजार ६३६ हेक्टरमा धान खेती गरिएकोमा चालु आर्थिक वर्षमा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टर कायम भएको छ।युवा पलायन, बढ्दो बसाइसराइ, खेतीयोग्य जमिनको प्लटिङ तथा औद्योगिक र भौतिक पूर्वाधार निर्माणमा जमिनको प्रयोग बढ्नाले धान खेतीको क्षेत्रफल घटेको हो। यसबाहेक फलफूल र नगदे बालीतर्फ कृषकको आकर्षण बढ्नुलाई पनि क्षेत्रफल घट्नुको अर्को कारण मानिएको छ।

    विशेष गरी मधेस प्रदेशमा धान लगाउने मुख्य समयमा परेको खडेरीले उत्पादनमा ठुलो असर पारेको छ। खडेरीका कारण लक्ष्य अनुसारको क्षेत्रफलमा धान रोप्न नसकिएको र त्यसले समग्र राष्ट्रिय उत्पादनमै प्रभाव पारेको मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षमा उन्नत बीउ र मलखादको उपलब्धता पर्याप्त भए पनि प्रतिकूल मौसमका कारण उत्पादकत्वमा गिरावट आएको सूचना अधिकारी जोशीले स्पष्ट पारेका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend