images

२०८३ आश्विन २ गते

images
images
images

पर्सामा १०८ जनाको उम्मेदवारी

पर्सामा १०८ जनाको उम्मेदवारी

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • वीरगञ्ज (पर्सा), ७  माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा एक सय आठ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

    images
    images

    जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले मङ्गलबार बेलुका ७ बजेसम्म चारवटै निर्वाचन क्षेत्रमा १०८ जनाको उम्मेदवारी परेको जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नम्बर १ मा ३० जनाको उम्मेदवारी दर्ता भएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसबाट अनिल  रुगंटा, नेकपा (एमाले)बाट प्रदीप यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि पन्त, जनमत पार्टीका ओमप्रकाश सर्राफलगायतको उम्मेदवारी परेको छ । 

    क्षेत्र नम्बर २ बाट ३२ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट अजयकुमार चौरसिया, नेकपा (एमाले)बाट रिमाकुमारी यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशिलकुमार कानुलगायतको उम्मेदवारी परेको छ । 

    images
    images

    यस्तै क्षेत्र नम्बर ३ बाट २२ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर ४ बाट २४ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसबाट रमेश रिजाल, नेकपा (एमाले)बाट जालिम मियाँ मंसुरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य, नेपाली कम्युनिष्ट पार्टीबाट जयप्रकाश थारुलगायतको उम्मेदवारी परेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend