images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • उदयपुरका दुई निर्वाचन क्षेत्रमा ३१ जनाको...

उदयपुरका दुई निर्वाचन क्षेत्रमा ३१ जनाको उम्मेदवारी दर्ता

उदयपुरका दुई निर्वाचन क्षेत्रमा ३१ जनाको उम्मेदवारी दर्ता

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुरका दुवै निर्वाचन क्षेत्रबाट कुल ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।जसमा निर्वाचन क्षेत्र नं. १ बाट १८ जना र क्षेत्र नं. २ बाट १३ जनाको उम्मेदवारी परेको छ। यसपटक दुवै क्षेत्रमा मुख्य दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी समेत परेको छ।निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका आधिकारिक उम्मेदवार दुर्गाकुमार थापाविरुद्ध देवराज राईले बागी उम्मेदवारी दिएका छन्। यस्तै, निर्वाचन क्षेत्र नं. २ मा नेपाल कम्युनिस्ट पार्टीका आधिकारिक उम्मेदवार सुरेशकुमार राईविरुद्ध मेजरकुमार राईले स्वतन्त्र बागी उम्मेदवारी दर्ता गराएका छन्। राईले लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका हुन्।

    images
    images
    • क्षेत्र नम्बर १

    १) दुर्गाकुमार थापा – नेकपा एमाले (आधिकारिक)
    २) देवराज राई (कल्याण) – स्वतन्त्र (बागी, एमालेविरुद्ध)
    ३) विदुर बस्नेत – नेपाली कांग्रेस
    ४) बलदेव चौधरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
    ५) अमृतबहादुर खत्री – नेकपा (माओवादी)
    ६) पारसमणि गेलाल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
    ७) गणेशकुमार राई – जनता समाजवादी पार्टी (जसपा)
    ८) खड्गबहादुर खत्री – नेपाल मजदुर किसान पार्टी
    ९) सुवासचन्द्र खड्का – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
    १०) गोकर्ण राई – नेपाल जनमुक्ति पार्टी
    ११) मनोजकुमार पौडेल – आम जनता पार्टी
    १२) राजेशकुमार राई – श्रम संस्कृति पार्टी
    १३) प्रशान्तकुमार राई – नागरिक सर्वोच्च पार्टी
    १४) किशोर चौधरी – नेपाली जनता दल
    १५) बद्रीविक्रम राई – मंगोल नेसनल अर्गनाइजेसन
    १६) सुरेश राई – संयुक्त नागरिक पार्टी
    १७) तिलक राई – राष्ट्रिय जनमोर्चा

    १८) अर्जुन घिसिङ – उज्यालो नेपाल पार्टी

    images
    images
     
    • क्षेत्र नम्बर २

    १) सुरेशकुमार राई – नेपाल कम्युनिस्ट पार्टी (आधिकारिक)
    २) मेजरकुमार राई – स्वतन्त्र (बागी, लिम्चुङबुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष)
    ३) रामकुमार राई – नेपाली कांग्रेस
    ४) अम्बरबहादुर रायमाझी – नेकपा एमाले
    ५) दुर्गाबहादुर तामाङ – नेकपा (माओवादी केन्द्र)
    ६) सूर्यबहादुर तामाङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
    ७) केशवबहादुर मगर – जनता समाजवादी पार्टी (जसपा)
    ८) विष्णुबहादुर खड्का – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
    ९) पूर्णबहादुर बुढाथोकी – नेपाल मजदुर किसान पार्टी
    १०) भाष्कर राई – मंगोल नेसनल अर्गनाइजेसन
    ११) अरुण राई – राष्ट्रिय परिवर्तन पार्टी
    १२) बमबहादुर मगर – आम जनता पार्टी
    १३) बलराज राई – श्रम संस्कृति पार्टी

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend