images

२०८३ आश्विन २ गते

images
images
images

सिन्धु विकास बैंक १ करोड ५४ लाख घाटामा

सिन्धु विकास बैंक १ करोड ५४ लाख घाटामा

images
images
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा घाटामा गएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा बैंकले १ करोड ५४ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने बैंक ४ करोड ८७ लाख रुपैयाँ नाफामा रहेको थियो।निक्षेप संकलनको तुलनामा कर्जा लगानी विस्तार हुन नसक्दा ब्याज खर्च बढेको र त्यसको प्रत्यक्ष असर नाफामा परेको बैंकले जनाएको छ। यद्यपि, बैंकका केही प्रमुख सूचकहरूमा भने सुधार देखिएको छ। विशेषगरी निष्क्रिय कर्जा अनुपात र पूँजीकोष अनुपात अघिल्लो वर्षको तुलनामा सन्तोषजनक रूपमा सुधार भएको छ।

    images
    images

    वित्तीय विवरण अनुसार कर्जाको माग कमजोर रहँदा कर्जा विस्तारमा संकुचन आएको देखिन्छ भने निष्क्रिय कर्जा असुलीमा पनि अपेक्षित प्रगति हुन सकेको छैन। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७१ प्रतिशतले घटेर ५ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ।यद्यपि, खुद शुल्क तथा कमिशन आम्दानी भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष ५५ लाख ९४ हजार रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा बढेर ८६ लाख ७० हजार रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन खर्च ८ करोड १४ लाख रुपैयाँबाट बढेर ८ करोड ३६ लाख रुपैयाँ पुगेको छ। साथै, इम्पेयरमेन्ट चार्जका लागि बैंकले १७ लाख ८८ हजार रुपैयाँ व्यवस्था गरेको छ।

    बैंकको रिटेन्ड अर्निङ २२ करोड ८५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ भने जगेडा कोषमा १९ करोड ६१ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ५ अर्ब ६८ करोड रुपैयाँबाट घटेर ५ अर्ब ६६ करोड रुपैयाँमा झरेको छ। यसैगरी, बैंकले ३ अर्ब २५ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।यस अवधिमा बैंकको वितरणयोग्य नाफा २२ करोड ८५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। खराब कर्जा अनुपात भने अघिल्लो वर्षको ९.०६ प्रतिशतबाट घटेर ६.३९ प्रतिशतमा झरेको छ, जसलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ।अन्य सूचकतर्फ, बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ५० पैसाले ऋणात्मक रहेको छ। प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १४० रुपैयाँ ३७ पैसा, प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ १९ पैसा, मूल्य आम्दानी अनुपात १२९.७२ गुणा र तरलता अनुपात ६१.७४ प्रतिशत कायम भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend