images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • गाजामा बन्धक बनाइएका अन्तिम व्यक्तिको शव...

गाजामा बन्धक बनाइएका अन्तिम व्यक्तिको शव बरामद भएको इजरायलद्वारा घोषणा

गाजामा बन्धक बनाइएका अन्तिम व्यक्तिको शव बरामद भएको इजरायलद्वारा घोषणा

images
images
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • काठमाडौँ । इजरायली सेनाले सोमवार इजरायल प्रहरीको कुलीन यासाम गस्ती इकाईका २४ वर्षीय सदस्य रान गभिलीको अवशेष फेला पारेको घोषणा गरेको छ । जो ७ अक्टोबर २०२३ मा मारिएका थिए र जसको शव गाजा पुर्‍याइएको थियो ।यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पत्रकारहरूलाई इजरायली सेना गभिलीको शव लिएर अन्त्येष्टिका लागि इजरायलतर्फ फर्किरहेको बताए । सेनाले एक विज्ञप्तिमा राष्ट्रिय फरेन्सिक मेडिसिन संस्थानद्वारा पहिचान प्रक्रिया पूरा भएपछि सार्जेन्ट फस्र्ट क्लास रान गभिलीको परिवारलाई जानकारी गराइएको उल्लेख गरेको छ ।

    images
    images

    यो घोषणा इजरायलले गुप्तचर सूचनाको आधारमा उत्तरी गाजाको एक कब्रिस्तानमा गभिलीको अवशेष फेला पार्न ठूलो स्तरको अभियान शुरु गरेको एक दिनपछि आएको हो । हमासकाअनुसार संयुक्त राज्य अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा अक्टोबर २०२५ मा लागू भएको युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत सबै इजरायली वन्धकहरूलाई जीवित वा अवशेषका रूपमा फिर्ता गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend