images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • प्रभु बैंकको दोस्रो त्रैमाससम्म खुद नाफा...

प्रभु बैंकको दोस्रो त्रैमाससम्म खुद नाफा २४ प्रतिशतले घट्यो

प्रभु बैंकको दोस्रो त्रैमाससम्म खुद नाफा २४ प्रतिशतले घट्यो

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • काठमाडौं । प्रभु बैंक लिमिटेडको खराब कर्जा अनुपात ८ प्रतिशत नजिक  पुगेको छ । जसले बैंकको वित्तीय दबाब थप गरेको छ। बैंकको खराब कर्जा अनुपात ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ। खराब कर्जा बढेसँगै इम्पेरमेन्ट चार्ज वृद्धि हुँदा सञ्चालन मुनाफा र खुद नाफा दुवै घटेका छन्।चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभुले १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २४.०८ प्रतिशत कम हो। अघिल्लो वर्ष बैंकले सोही अवधिमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    images
    images

     खुद ब्याज आम्दानी २.३८ प्रतिशत र फि तथा कमिशन आम्दानी ४.५९ प्रतिशतले बढेको भए पनि खराब कर्जा वृद्धि र इम्पेरमेन्ट चार्ज बढेसँगै सञ्चालन मुनाफा र खुद नाफा दुवै घटेका छन्।बैंकको खुद ब्याज आम्दानी भने ४ अर्ब ९८ करोड ४० लाख पुगेको छ। अघिल्लो वर्षको ४ अर्ब ८६ करोड ७९ लाख थियो। तर, खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज ८१ करोड ४२ लाख रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।यसका कारण बैंकको सञ्चालन मुनाफा २ अर्ब ५२ करोड २८ लाख रुपैयाँबाट घटेर १ अर्ब ९६ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ।पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।  जसले लाभांश वितरण क्षमतामा चुनौती सिर्जना गरेको छ।

    मीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा, नेटवर्थ १४६ रुपैयाँ १७ पैसा, मूल्यआम्दानी अनुपात २१.२७ गुणा, र तरलता अनुपात ३९.३१ प्रतिशत कायम छ।बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४२.८६ प्रतिशत कमी आएको छ। निक्षेप संकलन ३ खर्ब ४० अर्ब र कर्जा प्रवाह २ खर्ब २७ अर्ब पुगेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend