images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग एपमा...

ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग एपमा लाइभ मार्केट सुविधा, आइपीओ आवेदन पनि एपबाटै

ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग एपमा लाइभ मार्केट सुविधा, आइपीओ आवेदन पनि एपबाटै

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एप ‘ग्लोबल स्मार्ट प्लस’ मा सेयर बजारसम्बन्धी लाइभ मार्केट सुविधा सुरु गरेको छ । बैंकका अनुसार अब एप प्रयोगकर्ताले सेकेन्डरी बजारमा कारोबार भएका सेयरको सम्पूर्ण जानकारी मोबाइल बैंकिङ्गमार्फतै प्राप्त गर्न सक्नेछन् ।लाइभ मार्केट सुविधाअन्तर्गत प्रयोगकर्ताले नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, पोर्टफोलियो, वाचलिष्ट, क्यालकुलेटर, स्टक कम्प्यारिजन, ब्रोकर लिस्टलगायत जानकारी पाउने बैंकले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । साथै, यस सुविधामार्फत लगानीका सम्भावित अवसरबारे पनि जानकारी उपलब्ध हुने बताइएको छ ।

    images
    images

    यसैगरी, प्रयोगकर्ताले आफ्नो व्यक्तिगत सेयर लगानी ट्र्याक गर्न सक्ने व्यवस्था गरिएको छ । खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरेपछि प्रणालीले हालको बजार मूल्यका आधारमा कुल लगानीको वर्तमान मूल्य तथा नाफा–घाटाको रियल टाइम गणना गर्ने सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।क्यालकुलेटर सुविधाले सेयर खरिद–बिक्रीको क्रममा सही हिसाबकिताब गर्न सहयोग गर्नेछ भने वाचलिष्ट सुविधाले लगानीकर्तालाई मूल्य परिवर्तन र बजार प्रवृत्ति निगरानी गर्न सहज बनाउनेछ । स्टक कम्प्यारिजन सुविधामार्फत विभिन्न सूचकका आधारमा सेयर विश्लेषण गर्न सकिने बैंकको भनाइ छ ।

    यसका साथै, ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल बैंकिङ्ग एपबाटै आइपीओ आवेदन दिन सकिने सुविधा पनि सुरु गरेको छ । एपमार्फत डिम्याट नम्बर प्रविष्ट गरेपछि सिआरएन नम्बर प्राप्त गरी सहजै आइपीओमा आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।बैंकका अनुसार कुनै कम्पनीको आइपीओ आवेदन खुल्दा मोबाइल बैंकिङ्गमार्फत सूचना समेत प्रदान गरिनेछ । यस सेवाको सुरुवातसँगै आइपीओ आवेदनका लागि अन्य माध्यम प्रयोग गर्नुपर्ने झन्झट हट्ने विश्वास बैंकले लिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend