images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • चीनमा म्यानमारको स्क्याम माफियाका ११ सदस्यलाई...

चीनमा म्यानमारको स्क्याम माफियाका ११ सदस्यलाई मृत्युदण्ड

चीनमा म्यानमारको स्क्याम माफियाका ११ सदस्यलाई मृत्युदण्ड

images
images
बिहिवार, माघ १५ २०८२
बिहिवार, माघ १५ २०८२
  • बेइजिङ । चीनले म्यानमारमा अवैध स्क्याम सञ्जाल सञ्चालन गर्ने कुख्यात ‘मिङ परिवार’का ११ सदस्यलाई मृत्युदण्ड दिएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार झेजियाङ प्रान्तको अदालतले उनीहरूलाई हत्या, अवैध थुनुवा, ठगी तथा जुवा घर सञ्चालनजस्ता गम्भीर अपराधमा दोषी ठहर गर्दै सेप्टेम्बरमा सजाय सुनाएको थियो ।मिङ परिवार म्यानमार–चीन सीमासँग जोडिएको लाउकाइङ सहरमा प्रभावशाली माफिया समूहका रूपमा परिचित थियो । उनीहरूको नियन्त्रणमा रहेको यो सहर केही वर्षमै क्यासिनो, रात्रि क्लब र रेड–लाइट क्षेत्रमा रूपान्तरण भएको थियो । गरिब र शान्त सहरलाई यस परिवारले अपराधले भरिएको केन्द्र बनाइएको अदालतले जनाएको छ ।

    images
    images

    सन २०२३ मा म्यानमार सरकारले चीनको दबाबपछि उनीहरूलाई पक्राउ गरी चीन सुपुर्दगी गरेपछि यो स्क्याम साम्राज्यको पतन भएको हो । यी स्क्याम केन्द्रमा हजारौँ चिनियाँ नागरिकलाई जबरजस्ती काममा लगाएर विदेशमा रहेका मानिसहरूलाई ठग्न बाध्य पारिन्थ्यो ।अदालतका अनुसार सन २०१५ देखि २०२३ सम्म मिङ परिवारले स्क्याम र जुवा कारोबारबाट १० अर्ब युआनभन्दा बढी आम्दानी गरेको थियो । उनीहरूको अपराधका कारण १४ चिनियाँ नागरिकको मृत्यु हुनुका साथै धेरै घाइते भएका थिए । यस घटनाले सीमापार अपराधविरुद्ध चीनको कडा नीति झल्काएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend