images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको नाफा ३०...

दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको नाफा ३० अर्ब ५९ करोड, नबिल अग्रस्थानमा रहँदा अरुको कति ?

दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको नाफा ३० अर्ब ५९ करोड, नबिल अग्रस्थानमा रहँदा अरुको कति ?

images
images
बिहिवार, माघ १५ २०८२
बिहिवार, माघ १५ २०८२
  • काठमाडौं– चालु आर्थिक वर्ष २०८२र८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरूको नाफा उल्लेख्य रूपमा बढेको छ। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ६ महिनामा ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्।बैंकहरूले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष दोस्रो त्रैमाससम्म बैंकहरूको कुल नाफा २७ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो।नाफा आर्जनको अग्रपंक्तिमा नबिल बैंक देखिएको छ। बैंकले ६ महिनामा आफ्नो नाफा ४६.७१ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब ७५ करोड रुपैयाँ पुर्‍याएको छ। नाफाका हिसाबले ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ। बैंकको नाफा ६.५० प्रतिशतले बढेर ३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

    images
    images

    यस अवधिमा कुमारी बैंकको नाफा सबैभन्दा धेरै उफ्रिएको छ। बैंकको नाफा ८८६ प्रतिशतले बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा कुमारी बैंकको नाफा २७ करोड रुपैयाँमा सीमित थियो।अन्य बैंकहरूमा पनि मिश्रित अवस्था देखिएको छ। एभरेष्ट बैंकको नाफा २.०४ प्रतिशतले बढेर २ अर्ब ११ करोड पुगेको छ भने प्राइम बैंकको नाफा ९.२७ प्रतिशतले वृद्धि भई २ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। राष्ट्रिय वाणिज्य बैंकको नाफा १३२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।यद्यपि केही बैंकको नाफा घटेको छ। एनएमबि बैंकको नाफा १७ प्रतिशतले घटेर १ अर्ब ६४ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४३ प्रतिशतले घटेर १ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ।

    पुष मसान्तसम्म सानिमा बैंकको नाफा १६।६७ प्रतिशतले बढेर १ अर्ब ३९ करोड पुगेको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको नाफा १५० प्रतिशतले वृद्धि भई १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। हिमालयन बैंक, प्रभु बैंक र कृषि विकास बैंकको नाफा भने घट्दो क्रममा देखिएको छ।यसैबीच, लक्ष्मी सनराइज बैंक भने घाटामा रहेको छ। बैंकले ६ महिनाको अवधिमा २७ करोड ३६ लाख रुपैयाँ घाटा व्यहोरेको वित्तीय विवरणमा उल्लेख छ।समग्रमा बैंकिङ क्षेत्रमा नाफा सुधार देखिए पनि सबै बैंकमा समान प्रभाव नपरेको देखिन्छ। केही बैंकले उल्लेख्य प्रगति गरेका छन् भने केही अझै दबाबमै छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend