images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • त्रिविमा शुल्क विवादः अखिल क्रान्तिकारीले टाँस्यो...

त्रिविमा शुल्क विवादः अखिल क्रान्तिकारीले टाँस्यो पदाधिकारीको कुर्सीमा लाञ्छनायुक्त पर्चा

त्रिविमा शुल्क विवादः अखिल क्रान्तिकारीले टाँस्यो पदाधिकारीको कुर्सीमा लाञ्छनायुक्त पर्चा

images
images
शुक्रवार, माघ २३ २०८२
शुक्रवार, माघ २३ २०८२
  • काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा चारवटा मानविकी संकाय कार्यक्रमको शुल्क घटाउने माग राख्दै विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले पदाधिकारीको कुर्सीमा लाञ्छनायुक्त पर्चा टाँस्दा प्रशासन र सरकारको तयारी तथा जवाफदेहिता प्रश्नको घेरामा परेको छ।अखिल क्रान्तिकारीले उपकुलपति प्रा.डा. दीपक अर्याल र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालको कुर्सीमा पर्चा टाँस्दै प्रशासनमाथि सार्वजनिक दबाब सिर्जना गरेको हो। विगतमा शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको कार्यकक्षमा पनि तोडफोड भएको घटनापछि प्रशासनले विद्यार्थीको मागलाई गम्भीरतापूर्वक नहेर्नु र तत्काल पहल नगर्नु प्रश्नको विषय बनेको छ।

    images
    images

    विद्यार्थी संगठनले सांकेतिक आन्दोलन मात्र भएको र प्रशासनले वार्ता र छलफलमा ध्यान नदिँदा यस्तो कदम चाल्नुपरेको जनाएको छ। तर त्रिवि प्रशासनले यसलाई पदाधिकारीमाथि दुव्र्यवहार भएको भन्दै आपत्ति जनाएको छ। अधिकारीहरूका अनुसार विद्यार्थीबाट पदाधिकारी डराउनुपर्ने अवस्था सिर्जना भएको छ।विद्यार्थी संगठनले प्रशासनले आफूहरूलाई प्रहरी मार्फत नियन्त्रणमा राखेको आरोप पनि लगाएको छ। आन्दोलनको क्रममा केही घण्टा पक्राउ परेका विद्यार्थीलाई मात्र छोडिएको बताइएको छ।मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययनका शुल्क घटाउन माग गरिएको छ। त्रिवि प्रशासनले शुल्क पुनरावलोकनका लागि कार्यदल गठन भइसकेको जनाएको छ, तर विद्यार्थीहरूलाई यो पर्याप्त नभएको दाबी छ।

    विद्यार्थीहरूले ताला लगाएर कार्यकक्ष प्रवेश रोक्नु र प्रशासनको ढिलासुस्तीले विश्वविद्यालयमा पारदर्शिता र जवाफदेहिताको सवाल उठाएको छ। शुल्क विवादले शिक्षा प्रणालीमाथि मात्र नभई प्रशासनिक निर्णय प्रक्रियामा पनि गम्भीर चुनौती प्रस्तुत गरेको विश्लेषकहरूले बताएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend