images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • बाजुराका १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत...

बाजुराका १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत मतपत्र तथा मतपेटीका ढुवानी

बाजुराका १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत मतपत्र तथा मतपेटीका ढुवानी

images
images
बुधवार, माघ २८ २०८२
बुधवार, माघ २८ २०८२
  • बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचको लागि बाजुराका १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत मतपेटीका ढुवानी गरिने भएको छ ।यहाँका १० मतदान केन्द्र अझै यातायातको पहुँचमा छैनन् । ७७ मतदान केन्द्रमध्ये १० मतदान केन्द्रमा हेलिकोप्टरबाट मतपेटिका ढुवानी गरिने भएको हो । यहाँको हिमाली गाउँपालिका–३ स्थित हिमाल भक्ति मतदान केन्द्र सबैभन्दा दुर्गम मानिएको छ ।यहाँ हालसम्म सडक सञ्जाल पुग्न सकेको छैन । करिब ७० बढी मतदातालाई हिमालीको गुम्बामा हिमाल भक्ति मतदान केन्द्र तोकिएको छ । गत निर्वाचनमा पनि यहाँ हेलिकोप्टर मार्फत मतपत्र तथा मतपेटीका ढुवानी गरिएको थियो ।

    images
    images

    प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा सुरक्षा निकायसहितको टोलीले अनुगमन गर्दा यहाँका १० मतदान केन्द्र अझै यातायात पहुँचबाहिर रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।हिमाली गाउँपालिकामा पाँच, स्वामीकार्तिक खापरमा दुई गौमुल,जगन्नाथ र त्रिवेणी गाउँपालिकामा एक÷एक गरी १० मतदान केन्द्र सडक सञ्जालबाट टाढा छन् । सडक सञ्जाल नजोडिएका यहाँका मतदान केन्द्रहरू सुरक्षाका दृष्टिले पनि संवेदनशील मानिएका छन् ।जिल्लाका ७७ वटा मतदानस्थलमध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य गरी वर्गीकरण गरिएका छन् । बाजुरामा एक स्वतन्त्र सहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन् । मुख्य चार दलका व्यक्तिबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

    ९ वटा स्थानीय तह रहेको बाजुरामा ८७ हजार बढि मतदाता कायम छन् । ४५ हजार ४ सय २८ पुरुष र ४२ हजार ४ सय ३१ महिला र अन्य २ जना मतदाता संख्या छन् । जिल्लामा हाल ७७ वटा मतदानस्थल र १ सय १८ वटा मतदान केन्द्र निर्धारण रहेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend