images

२०८३ आश्विन २ गते

images
images
images
  • अटो
  • भाडा घटाउने तयारीमा यातायात व्यवस्था विभाग,...

भाडा घटाउने तयारीमा यातायात व्यवस्था विभाग, इभी यात्रुलाई १० प्रतिशतसम्म राहतको संकेत

भाडा घटाउने तयारीमा यातायात व्यवस्था विभाग, इभी यात्रुलाई १० प्रतिशतसम्म राहतको संकेत

images
images
बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • काठमाडौँ । विद्युतीय सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुका लागि राहतको संकेत देखिएको छ। यातायात व्यवस्था विभागले विद्युतीय सवारी (इभी) बसको भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको जनाएको छ। यस सम्बन्धमा विभागले आन्तरिक छलफल अघि बढाइ सकेको छ।

    images
    images

    हाल डिजेल बसको भाडादर स्पष्ट रूपमा निर्धारण गरिएको भए पनि इभी बसको हकमा छुट्टै र स्पष्ट दर कायम नभएको भन्दै विभागले नयाँ भाडादर निर्धारणको प्रक्रिया अगाडि बढाएको हो। डिजेल बसको तुलनामा इभी बसको सञ्चालन खर्च उल्लेखनीय रूपमा कम पर्ने आधारमा भाडा समायोजन गर्ने प्रस्ताव गरिएको विभागको भनाइ छ।

    यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले इभी बसको भाडादरलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउने उद्देश्य सहित अध्ययन भइरहेको जानकारी दिए।

    images
    images

    “डिजेल बसको भाडादर तय भइसकेको छ, तर इभी बसका हकमा स्पष्ट व्यवस्था छैन। त्यसैले लागत संरचना र सञ्चालन पक्षको विस्तृत अध्ययन गरी १० प्रतिशतसम्म भाडादर घटाउने विषयमा छलफल गरिरहेका छौँ,” उनले भने।

    उनका अनुसार सरोकारवालासँग परामर्श गरेर चाँडै नै उपयुक्त निर्णय गरिनेछ। निर्णय कार्यान्वयनमा आएपछि यात्रुहरूले सस्तो भाडामा यात्रा गर्न पाउने अपेक्षा गरिएको छ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले वैज्ञानिक आधारमा भाडादर निर्धारण गर्नुपर्नेमा आफूहरू सहमत रहेको बताए। उनका अनुसार पेट्रोलियम पदार्थको तुलनामा विद्युतीय ऊर्जाबाट सवारी सञ्चालन गर्दा उर्जा लागत पाँच गुणासम्म कम पर्न सक्छ। साथै, विद्युत स्वदेशमै उत्पादन हुने भएकाले विदेशी मुद्रा बचतमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।

    सरकारले विद्युतीय सवारी प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको सन्दर्भमा भाडादर घटाउने तयारीलाई हरित अर्थतन्त्र र दिगो यातायात प्रणालीतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend