images

२०८३ आश्विन २ गते

images
images
images

राष्ट्र बैंकले ६ महिना वाणिज्य बैंकसँग खरिद गर्‍यो ३ अर्ब ४७ करोड अमेरिकी डलर

राष्ट्र बैंकले ६ महिना वाणिज्य बैंकसँग खरिद गर्‍यो ३ अर्ब ४७ करोड अमेरिकी डलर

images
images
मंगलवार, फाल्गुण ५ २०८२
मंगलवार, फाल्गुण ५ २०८२
  • काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजारमा उल्लेखनीय हस्तक्षेप गरेको देखिएको छ।केन्द्रीय बैंकले वाणिज्य बैंकहरूबाट कुल ३ अर्ब ४७ करोड अमेरिकी डलर खुद खरिद गरेको छ। यसको बदलामा ४ खर्ब ९३ अर्ब ४ करोड रुपैयाँ बराबरको तरलता बजारमा प्रवाह गरिएको छ। अर्थात् बैंकहरूले भित्र्याएको डलर राष्ट्र बैंकले किनेर त्यसको सट्टा नेपाली रुपैयाँ बजारमा पठाएको हो।गत वर्षको सोही अवधिमा भने २ अर्ब ५२ करोड डलर मात्रै खरिद गरिएको थियो, जसका लागि ३ खर्ब ४० अर्ब ६ करोड रुपैयाँ बजारमा पठाइएको थियो। तुलना गर्दा यस वर्ष डलर खरिद र बजारमा प्रवाहित रकम दुवै उल्लेखनीय रूपमा बढेको देखिन्छ।

    images
    images

    रेमिट्यान्स लगायत स्रोतबाट विदेशी मुद्रा आपूर्ति बढेकाले केन्द्रीय बैंकको डलर खरिद पनि बढेको विश्लेषण गरिएको छ।यस्तै, राष्ट्र बैंकले २ अर्ब ६ करोड अमेरिकी डलर बिक्री गरी २ खर्ब ९२ अर्ब ९१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ९० करोड डलर बिक्री गरी २ खर्ब ५६ अर्ब ५१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो।केन्द्रीय बैंकका अनुसार डलर र भारतीय रुपैयाँ व्यवस्थापनमा बढेको कारोबारले विनिमय दर स्थिर राख्न तथा विदेशी मुद्रा सञ्चिति सन्तुलन कायम गर्न मद्दत पुगेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend