images

२०८३ आश्विन २ गते

images
images
images

सोमबारबाट मात्रै खुल्ने नेप्से

सोमबारबाट मात्रै खुल्ने नेप्से

images
images
शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडौं, २२ फागुन । लगातार सार्वजनिक तथा साप्ताहिक बिदा परेकाले शेयर बजार पाँच दिनसम्म बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार अब आगामी सोमबारदेखि मात्रै नियमित कारोबार सञ्चालन हुनेछ।

    images
    images

    सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लाई लक्षित गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेको छ। त्यसपछि फागुन २३ गते साप्ताहिक बिदा परेको छ भने फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस का अवसरमा पुनः सार्वजनिक बिदा रहेकाले नेप्से पाँच दिन बन्द रहने भएको हो।

    चुनावअघिको अन्तिम कारोबार दिन भने बजार उत्साहजनक देखिएको थियो। उक्त दिन नेप्से परिसूचक ३८.५२ अंकले वृद्धि हुँदै २७१२.४९ बिन्दुमा बन्द भएको थियो। लगानीकर्ताबीच चुनावी माहोल र राजनीतिक स्थायित्वको अपेक्षाले बजारमा सकारात्मक वातावरण देखिएको विश्लेषण गरिएको छ।

    images
    images

    अब नेप्सेमा नियमित कारोबार आगामी सोमबारदेखि मात्रै सुरु हुने नेप्सेले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend