images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आज देशका धेरै प्रदेशमा बदली, केही...

आज देशका धेरै प्रदेशमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज देशका धेरै प्रदेशमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

images
images
सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • काठमाडौँ । आज सोमबार देशका विभिन्न प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने सम्भावना रहेको छ।

    images
    images

    महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

    आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा समेत बादल लाग्ने अनुमान गरिएको छ। अन्य स्थानहरूमा भने आंशिक बदली रहने मौसमविद्हरूले बताएका छन्।

    images
    images

    त्यसैगरी गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend