images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • काभ्रेपलाञ्चोकका दुवै क्षेत्रमा रास्वपा विजयीः समानुपातिकमा...

काभ्रेपलाञ्चोकका दुवै क्षेत्रमा रास्वपा विजयीः समानुपातिकमा पहिलो समानुपातिकमा पहिलो

काभ्रेपलाञ्चोकका दुवै क्षेत्रमा रास्वपा विजयीः समानुपातिकमा पहिलो समानुपातिकमा पहिलो

images
images
मंगलवार, फाल्गुण २६ २०८२
मंगलवार, फाल्गुण २६ २०८२
  • काभ्रेपलाञ्चोक, २६ फागुन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी हुँदा पनि समानुपातिक मतमा पनि पहिलो भएको छ । 
     
    काभ्रेपलाञ्चोकमा सोमबार साँझ सम्पन्न समानुपातिक मत परिणामअनुसार दुवै क्षेत्रमा रास्वपा पहिलो बनेको हो । मतपरिणम अनुसार रास्वपाले काभ्रेपलाञ्चोकमा ८८ हजार १६२ समानुपातिक मत पाएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    images
    images

    क्षेत्र नं १ मा रास्वपाले ३२ हजार ६२९ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेस १४ हजार ५५१, राष्ट्रिय परिवर्तन पार्टी १३ हजार ६९९, नेपाली कम्युनिष्ट पार्टी नेकपा ११ हजार ९५२ र नेपाल कम्युनिष्ट पार्टी एमाले ११ हजार ३८६ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी एक हजार ४४८ मत प्राप्त गरेको छ ।

    काभ्रेपलाञ्चोक–२ मा रास्वपाले ५५ हजार ५३३ मत प्राप्त गरी अग्रता लिएको छ । उक्त क्षेत्रमा अन्य प्रमुख दल नेपाली कांग्रेस १४ हजार ७४५, एमाले १२ हजार ७८२, राष्ट्रिय परिवर्तन पार्टी सात हजार २७६, नेकपा छ हजार ५४, राप्रपा दुई हजार ४२६ मत प्राप्त गरेका छन् । 

    images
    images

    जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत निकुञ्ज श्रीवास्तवका अनुसार दुवै क्षेत्रमा रास्वपाले अग्रता कायम गरेको हो । दुवै क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार विजयी भएका जनाउँदै क्षेत्र नं १ मा मधुकुमार चौलागाई र क्षेत्र नं २ मा बदनकुमार भण्डारी विजयी भएका उल्लेख गर्नुभयो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend