images

२०८३ आश्विन २ गते

images
images
images

निगमले बनायो छानबिन समिति, चट्याङ लागेको न्यारोबडी जहाज प्रकरणको अध्ययन सुरु

निगमले बनायो छानबिन समिति, चट्याङ लागेको न्यारोबडी जहाज प्रकरणको अध्ययन सुरु

images
images
शुक्रवार, फाल्गुण २९ २०८२
शुक्रवार, फाल्गुण २९ २०८२
  • काठमाडौँ । नेपाल वायुसेवा निगमले चट्याङ लागेर न्यारोबडी जहाजको शार्कलेटमा क्षति पुगेको घटनाबारे छानबिन गर्न निगमभित्रै समिति गठन गरेको छ। निगमका नायब प्रबन्ध निर्देशक डोलेश्वर कोइरालाको अध्यक्षतामा समिति गठन गरिएको हो।

    images
    images

    समितिलाई उक्त दिनको घटनाक्रम, जहाजको प्राविधिक अवस्था तथा उडान सुरक्षासम्बन्धी पक्षको अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको निगमले जनाएको छ। स्रोतका अनुसार हङकङमै ग्राउन्डेड गर्नुपर्ने जहाज यात्रुसहित काठमाडौं फर्काइएको विषयलाई सुरक्षाका दृष्टिले गम्भीर रूपमा हेरिएको छ।

    यसैबीच निगमको अपरेसन विभागले फागुन २६ गते मंगलबार हङकङ उडानमा संलग्न ककपिट क्रुलाई तत्काल लागू हुने गरी उडानबाट रोक लगाउने सम्बन्धमा पत्र पठाएको छ। उडान सञ्चालन विभागका उपनिर्देशकलाई उडान ढिलो हुनुको कारण तथा सो क्रममा भएको घटनाबारे विस्तृत लिखित प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

    images
    images

    सम्बन्धित क्रु सदस्यहरूले आफ्नो लिखित रिपोर्ट बुझाएपछि हस्ताक्षर गर्ने अधिकारीलाई व्यक्तिगत रूपमा भेट्नुपर्ने पनि पत्रमा उल्लेख छ। छानबिन समितिको प्रतिवेदन आएपछि घटनाको समीक्षा गरी आवश्यक कारबाही अघि बढाइने निगम व्यवस्थापनले जनाएको छ।

    यसैबीच, चट्याङ लागेर क्षति पुगेको नेपाल एयरलाइन्स को न्यारोबडी जहाज बिहीबार मलेसिया पठाउने तयारी स्थगित भएको छ। मर्मतका लागि जहाज मलेसिया लैजाने तयारी भए पनि ब्ष्चदगक कम्पनीबाट आवश्यक स्वीकृति सहितको निर्देशन नआएकाले उडान रोकिएको निगम स्रोतले जनाएको छ।

    ‘एयरबसबाट मर्मतका लागि लैजानुपर्ने औपचारिक मेल आएपछि मात्र जहाज मलेसिया पठाइनेछ। त्यसपछि यात्रु नबोकी मर्मतका लागि विशेष उडान गरेर जहाज लगिनेछ,’ स्रोतले जनाएको छ।

    चट्याङका कारण न्यारोबडी जहाज नाइन–एन–एकेएक्स को एउटा शार्कलेटमा क्षति पुगेको हो। फागुन १२ गते काठमाडौंबाट हङकङका लागि उडेको उक्त जहाज धावनमार्गबाट उडेपछि करिब १५ माइल पर बनेपामाथिको आकाशमा पुगेका बेला चट्याङ परेको थियो। त्यसपछि जहाजले करिब चार घण्टाको उडान पूरा गर्दै हङकङमा सुरक्षित अवतरण गरेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend