images

२०८३ आश्विन २ गते

images
images
images

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

images
images
बिहिवार, चैत्र १२ २०८२
बिहिवार, चैत्र १२ २०८२
  • काठमाडौँ, १२ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ ।

    images
    images

    विभागले बुधबार एक विज्ञप्ति जारी गरी पिलग्रिम्स ग्रोसरी प्रालि स्वयम्भूलाई रु दुई लाख एक हजार बराबरको जरिवाना र आरएस किराना तथा ग्यास पसल ललितपुर भैँसेपाटीलाई रु १० हजार जरिवान गरेको जनाएको छ । यस्तै, थप १७ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको जनाएको हो । 

    उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ती फर्मलाई जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ । विभागले नियमित रूपमा स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएकाहरूको सहभागितामा नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend