images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • हावाहुरीको जोखिम रौतहट प्रशासनद्वारा उच्च सतर्कता...

हावाहुरीको जोखिम रौतहट प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

हावाहुरीको जोखिम रौतहट प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

images
images
आइतवार, चैत्र २२ २०८२
आइतवार, चैत्र २२ २०८२
  • काठमाडौँ, २२ चैत । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

    images
    images

    प्रशासनले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै तराईका भू–भागहरूमा अपराह्नपछि हावाहुरी चल्ने सम्भावना रहेको जनाएको हो। विशेषगरी रातिको समयमा मधेश प्रदेशका रौतहट, बारा, सर्लाही र महोत्तरी तथा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

    तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत् र सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ।

    images
    images

    सम्भावित क्षतिबाट बच्न तथा सुरक्षित रहन आवश्यक सावधानी अपनाउन प्रशासनले सम्पूर्ण जिल्लावासीलाई आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend