images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • नेपाली सेनाका दुईजना सहायक रथीको उपरथीमा...

नेपाली सेनाका दुईजना सहायक रथीको उपरथीमा बढुवा

नेपाली सेनाका दुईजना सहायक रथीको उपरथीमा बढुवा

images
images
सोमवार, चैत्र २३ २०८२
सोमवार, चैत्र २३ २०८२
  • काठमाडौँ । नेपाली सेनाका दुई जना सहायक रथी उपरथी पदमा बढुवा भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सहायकरथी पदमबहादुर बुढा र पवन खत्रीलाई रिक्त उपरथी पदमा बढुवा गर्ने निर्णय गरेको हो।

    images
    images

    उनीहरूको बढुवाका लागि नेपाली सेनाले यसअघि नै छुट्टाछुट्टै मितिमा सूचना प्रकाशित गरी प्रक्रिया अगाडि बढाइसकेको थियो। रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा फाइल पेश भएपछि बढुवाको निर्णय भएको मन्त्रालय स्रोतले जनाएको छ।

    हालसम्म बुढा तालिम निर्देशनालयमा तथा खत्री सुदूरपश्चिम पृतनामा कार्यरत थिए। उपरथी सुनिल श्रेष्ठ र विष्णु राउतको अवकाशपछि उक्त पदहरू रिक्त भएका थिए।

    images
    images

    राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र सैनिक मुख्यालयको कार्यरथी विभागमा रहेको रिक्त पदमा अब उनीहरूले जिम्मेवारी सम्हाल्नेछन्। दज्र्यानी चिन्ह प्रदान गरेपछि उनीहरू औपचारिक रूपमा पदबहाली गर्नेछन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend